युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बलेवा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् । उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावान् र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे । 

देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरूका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटोप्रतिको मोह बढाउन आग्रह गरे । उनले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गरे। उनले विदेशमा पढेर मात्रै देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र ऊर्जावान् समय देशमै बिताउन युवाहरूलाई आग्रह गरे ।

बागलुङको बलेवमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा मङ्गलबार ऐतिहासिक हरेलो मेलाको उद्घाटन गर्दै पाण्डेले देशमा सबैखाले विकासले गति लिएको बताए । उत्पादन वृद्धि, रोजगारीका अवसर सिर्जना हुँदै जाँदा युवा पुस्ता नरहने अवस्था सिर्जना हुन थालेको भन्दै उनले सबै राजनीतिक शक्तिले सोच्ने बेला आएको बताए ।

देशमा भएका राजनीतिक परिवर्तनले विकासमा ठूलो टेवा पुर्‍याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा २० वर्ष पहिले र अहिलेको अवस्थामा आमूल परिवर्तन आएको उदाहरण दिँदै पाण्डेले लोकतन्त्रको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास, आर्थिक क्षेत्रको प्रवर्द्धनको आधार भएको बताए । बागलुङको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । प्रसिद्ध बलेवा क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए। 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : २१ बजे

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि