एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्छौं : कप्तान रोहित पौडेल « Khabarhub

एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्छौं : कप्तान रोहित पौडेल


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

एसिया कपमामा सहभागी हुन पाकिस्तान जानुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रित गरिने बताएका हुन् । भारत र पाकिस्तानसँगको खेललाई विश्वले हेर्ने भएकाले आफूहरुले कुनै कमजोरी नदोहो¥याउने उनको भनाइ छ । उनले टीममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा उत्कृष्ट नजिता निकाल्न टिमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले खेलाडीले पाँच–महिना इन्डोर प्राक्टिस गरेको र एउटामात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे । खेल अवधिभर लड्नुपर्ने उनको भनाइ छ ।

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ भने भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ३३ बजे

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको