कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित | Khabarhub Khabarhub

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो ।

सोहीबमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिसँग समन्वय र परामर्श गरी निर्धारित कार्ययोजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रम तोकिएबमोजिमको समयसीमाभित्रै सम्पन्न गरिएका छन् ।

प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

अभियानले पार्टीको साङ्गठानिक अवस्थाबारे विधानसम्मत भए नभएको साक्षात परीक्षण गरिएको र पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउने महत्त्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको बुझाइरहेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

अभियानबाट कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलुकका तीनै तहका निर्वाचनमा पार्टीले पहिलो स्थान कायम गर्न सफल भई सङ्घीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण सबैलाई बुझाउने काम भएको पार्टी कार्यालयले जनाएको छ ।

जनताको दैनिक जनजीवनका समस्यालाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनुपर्ने विषयलाई प्रतिनिधिले आत्मसात् गर्दै भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र ‘कोही पनि दोषी नछुटुन् र कोही निर्दोष नफसुन्’ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष बुझाउन अभियान सफल भएको छ ।

अभियानअन्तर्गत निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्रअनुसार जनप्रतिनिधिले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा सङ्कल्प–पत्रको आधारमा कार्य गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिए ।

समग्रमा अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए तापनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रम थप व्यवस्थित गर्दै लगिने पार्टी कार्यालयले जनाएको छ ।

अविरल वर्षा, बाढी पहिरो, डेङ्गु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीर रुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी सङ्गठनलाई आह्वान गर्ने र यही भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ०६ बजे

यस्तो छ बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची 

काठमाडौं– बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित

श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

कोलम्बो– श्रीलंकाले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम

गृहमन्त्रीसमक्ष इप्पानको माग : ऊर्जा सुरक्षा नीति बनाऔँ

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै