स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ? « Khabarhub

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले सुन्दै आएको कुरा हो। आमाको दूध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरूको शारीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ। पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ। कतिपयले आमाको दूधको साटो गाई, भैंसीको दूध धेरै खुवाउने गर्छन्। आमाको बिगौती दूध शिशुका लागि अमृत समान हुने चिकित्सक बताउँछन्। शिशुका लागि आमाको दूधको महत्त्व कस्तो रहन्छ ? आमाले कसरी स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि स्त्रीरोग विशेषज्ञ डा. सपना अमात्य वैद्यसँग गरिएको कुराकानीको सम्पादित अंशः

बच्चाका लागि आमाको दूध कत्ति महत्त्वपूर्ण छ ?
बच्चाका लागि आमाको पहिलो वा बिगौती दूधमा बच्चालाई दीर्घ रोगले पछि गएर हुने समस्यासँग लड्न सक्ने शक्ति हुन्छ। त्यो दूधमा प्रोटिन, क्याल्सियम भिटामिन डीको मात्रा धेरै हुन्छ। त्यसैले बच्चा जन्मेको एक घण्टा भित्र नै आमाको दूध खुवाउनुपर्छ। यसरी बिगौती दूध खुवाउँदा बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। हाम्रो समाजमा आमाको दूध आएन भनेर सानैदेखि ल्याक्ट्रोजिन खुवाउने चलन छ। यसो गर्दा बच्चा कमजोर हुन्छन्। आमाले बच्चालाई दूध खुवाउँदा पाठेघरमा बच्चा जन्मेपछि रहेको रगतहरू पाठेघर खुम्चिएर आफै निस्किन्छ। त्यसले पछि गएर रक्तस्राव हुनबाट रोक्नसक्छ। त्यसैले स्तनपान गराउँदा आमा र बच्चालाई फाइदा हुन्छ।

स्तनपान गराउँदा आमालाई कस्तो फाइदा पुग्छ ?
आमाले शिशुलाई दूध खुवाउँदा आमालाई छातिको क्यान्सर हुनबाट जोगाउँछ। आमालाई मानसिक तथा शारीरिक रूपमा सन्तुष्टि प्राप्त हुन्छ। आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ, जसले गर्दा पाठेघरमा समस्या हुन दिँदैन।

शिशुलाई जन्मिने बित्तिकै दूध कसरी खुवाउने ?
स्तनपान गराउँदा आमाले स्तनको कालो भाग सबै शिशुको मुखमा राखेर शिशुलाई देब्रे हातमा टाउको राखेर पनि चुसाउन सकिन्छ। बच्चालाई सुतेर स्तनपान गराउनु हुँदैन। त्यसो गर्दा बच्चालाई स्तनले थिच्ने समस्या हुन्छ। त्यसैले बसेर मात्र शिशुलाई स्तनपान गराउनुपर्छ। दूध एउटा मात्र खुवायो भने सानो भएर जाने र अर्को गानिएर जाने हुन्छ। एउटा खुवाएर अर्को खुवाउँदा खुवाउँदै छुटाएर अर्कोमा लैजाँदा बच्चालाई झिँजो लाग्न सक्छ। त्यसैले एक पटकमा एउटा खुवाएर अर्को पटकमा अर्के खुवाउँदा राम्रो हुन्छ। तर दुवै बराबरी खुवाउनु पर्दछ।

कस्तो बेलामा महिलाले स्तनपान गराउन सक्दैनन् ?
यदि कोही आमाको अप्रेसन भयो र आईसीयूमा छ भने चाहिँ दूध खुवाउन सक्दैनन्। त्यस्तो अवस्थामा आमाको दूध दुहेर त्यसलाई बैंकिङ गरेर शिशुलाई खुवाउन सकिन्छ।

आमाले स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
आमाले स्तनपान गराउँदा पहिलो ध्यान दिनुपर्ने कुरा भनेको आमाको दूध नै बच्चाको सम्पूर्ण आहार भएकाले पहिला त आमाले पोषिलो, सन्तुलित खानेकुरा खानुपर्छ। यसका साथै झोलिलो खाने कुरा प्रशस्त मात्रामा खानुपर्छ। मौसम अनुसारका फलफूलहरू पर्याप्त मात्रामा खाने गर्नुपर्छ। धूम्रपान तथा मदिरा वा धेरै पिरो अमिलो खानेकुरा सेवन गर्नु हुँदैन। बच्चा पेटमा हुँदा आमाले धेरै भिटामिनयुक्त खाना खानुपर्छ। ज्वानोको परिकार खानुपर्छ। त्यति बेलादेखि नै म बच्चालाई पर्याप्त मात्रामा दूध खुवाउँछु भन्ने धारणा बनाउनुपर्छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ०९ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान