चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै | Khabarhub Khabarhub

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने  अभियानमा लागेको छ । नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणाको तयारी छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको र आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने जानकारी दिए। उक्त नगरपालिकामा १५ वडा छन् । अहिलेसम्म चन्द्रागिरि– ३ र १४ भने बालश्रम मुक्त भइसकेको छ । 

वडा नं १४ गत वर्ष घोषणा भएको हो भने वडा नं ३ लाई बिहीबार घोषणा गरिएको हो । उक्त वडाभित्र फेला परेका १८ बालबालिकामध्ये केहीलाई विद्यालय भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी बालश्रम मुक्त घोषणा गरिएको वडा नं ३ का अध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २०  सूचक पार गर्नुपर्छ । यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री बनाउनका लागि विभिन्न ५१  सूचकहरू पूरा गर्नुपर्ने हुन्छ ।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरेको थियो । समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले नगरपालिकाको सामाजिक विकास तथा सुशासनका काममा संस्थाले आवश्यक सहयोग गर्दै आएको र यस वडालाई बालश्रम मुक्त बनाउन आवश्यक सहकार्य गरिएको बताए ।

यहाँ बालश्रम मुक्त वडा घोषणा गर्नुअघि उक्त वडाको मुख्य बजार थानकोटमा विभिन्न वेशभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो । विभिन्न स्कुल तथा महिला समूह र जातजातिका प्रतिनिधिहरूको सहभागितामा प्लेकार्डसहित र्याली निकालिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : ३० बजे

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु

लस एन्जलस– लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको

मोरङ-कटहरी सडकको निर्माण कार्य पुनः शुरु

काठमाडौँ– मोरङ- कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको

लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री 

चितवन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका

जापानले बढी कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका

कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको