नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला | Khabarhub Khabarhub

नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको  स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो ।

किलोको १ सय १० देखि १ सय ४० रुपैयाँसम्म जुम्लाको हावापानीमा फलेको स्याउ खरिद गर्न बिहानैदेखि नेपालगञ्जको धम्बौझीमा ग्राहक भेटिन्छन् । बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगञ्जको धम्बौझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छिन् ।

बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत  मेसो मिलाएर खाने गरेको उनी बताउँछिन् । “बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन । ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु ।” कर्मकन्या भन्छिन् ।

असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताउने उनले अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको बताइन् । अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्याले स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिइन् ।

“स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो ।” उनको भनाइ छ ।

कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेलागञ्ज झरेकी हुन् । उनी भदौको २५ गते ३ सय ४३ पेटी स्याउ लिएर नेपालगञ्ज आएकी हुन् । हालसम्म ३ सय ३ पेटी स्याउ बिक्री गरीसकेको राजकन्या बताउँछिन् ।

एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छिन् । अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना रहेको उनले बताइन् ।

उनले पनि स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताइन् । यो समयमा नेपालगञ्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन् । जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : ३२ बजे

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

काठमाडौं- जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा