अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपाली टोली सम्मानित « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपाली टोली सम्मानित


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपाली क्रिकेट टोलीलाई सम्मान गरेको छ ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा आयोजना भएको एसिसी ट्रफी खेलेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा शुभारम्भ गर्नाका साथै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गरे । उनले नेपाली क्रिकेट टोलीले पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भ्याएसम्म उत्कृष्ट काम गरेको र यही कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको बताए ।

सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, (एलबी) मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : २९ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी