समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल « Khabarhub

समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्छ : माधव नेपाल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको भनाइ छ ।

मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन राजनीतिक नेतृत्वमा दूरगामी दृष्टिकोण आवश्यक रहेको बताए । लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै त्यसले राष्ट्रिय उत्पादन र पूँजी सञ्चयमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे। बागमती प्रदेशका कृषि तथा पशुपन्क्षीमन्त्री राजेन्द्रमान श्रेष्ठले आयात न्यूनीकरण गर्न निर्यातमुखी उद्योगलाई भन्सार तथा अनुदानमा सहुलियत दिइने प्रतिबद्धता व्यक्त गरे ।

महाधिवेशनले लंक केसीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १८ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते