इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो « Khabarhub

इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ । 

आज बिहान साढे ८ बजे फ्लाइ दुबईमार्फत चार नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत विमानस्थल पुगेका थिए । 

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका नारायण न्यौपाने (कैलाली), लोकेन्द्रसिंह धामी (दार्चुला), दीपेशराज विष्ट (दार्चुला) र आशिष चौधरी (कैलाली)को शव कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएको हो ।

अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ। 

यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० नेपालीको निधन भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : २५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज