राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । 

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आएका हुन् । बडादसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखालका नगरप्रमुख महेश खरेल तथा उपप्रमुख सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गरेका थिए । 

पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब १६ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ । 

किंवदन्तीअनुसार नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेकी थिइन् ।

सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंवदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताए ।

यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दसैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड हुने गर्दछ । यहाँ भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १२ : ०६ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले