छैटौँ बेलबारी गोल्डकपको उपाधि ब्रिगेडलाई « Khabarhub

छैटौँ बेलबारी गोल्डकपको उपाधि ब्रिगेडलाई


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पथरी– छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लबलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधि चुमेको हो ।

ब्रिगेडले उपाधिसँगै आठ लाख नगद र ट्रफी प्राप्त गर्‍यो भने बिर्तामोड झापाले  पाँच लाख र ट्रफीमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार प्रदान गरेका छन् ।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट विमुख भएको हो । खेल सुरु भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।

एकतीसौँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका लागि दीपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डी एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुबै टिमले निक्कै आक्रामक खेल खेलेपनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।

ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।

उनी उत्कृष्ट गोलकिपर समेत भए । बिधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो ।  ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापति घोषित भए । 

खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवार्ड बिर्तामोडका आशिष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । 

उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ५८ बजे

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन

म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित

म्याग्दी– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन