उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन | Khabarhub Khabarhub

उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्विक महत्तो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति भएसँगै उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटबाट करिव ३८ किलोमिटर पश्चिमा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनि क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।  

तत्कालीन पञ्चवती गा.बि.स. मा पर्ने उदयपुरगढी दरवार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ । करिव तीनकरोड ५० लाख रुपैयाँ खर्चेर पुननिर्माण गरिएको सो पुरानो गढी दरवार आइतबार नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसबहादुर तामाङ र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवबहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा, नेपाली सेनाको ब्यान्डबाजा सहितको उच्च अधिकृतहरूको टोली, जनप्रतिनिधिहरू, राजनैतिक दलका कार्यकर्ता तथा महिला दिदीबहिनीहरूको भव्य रुपमा सहभागिता रहेको थियो ।

पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ ।

गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाइको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ । प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ ।  

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ४ : ५५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं