विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ५ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ट्यांकरमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु
मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।

पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जानकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।

सिनोक्रजले रेडियो अन्तर्वार्तामा बताए अनुसार ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको थियो । जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ । घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।
आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते
पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।

‘रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आज गोजुबावी गाउँ नजिकै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए,’ प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँ नजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो ।

युक्रेन मेल डिपोमा रुसी हमलामा छ जनाको मृत्यु
युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ ।

‘अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए’, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, ‘मारिने र घाइतेहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।’

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार सात जनाको अवस्था गम्भीर छ । ‘चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्’, उनले भने।

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर
अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ ।

अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए । ‘मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु’, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भने ।

चट्टानका आकृतिहरू सामान्यतया देखिँदैन किनकी तिनीहरू निग्रो नदीको पानीले भरिन्छ, यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो ।

नदी किनारमा आकृतिहरू सहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ । ‘हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ’, रिबेरोले भने ।

ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ ।

ब्राजिल सरकारले उक्त क्षेत्रमा आपतकालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुङ्गाहरूले भरिएका हुन्छन् ।

विज्ञहरूका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ ।

‘आतंकवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण
इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ ।

सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतंकवादी हमलाको योजना बनाउन र त्यसलाई लागू गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ ।

एक्समा आईडीएफले भनेको छ, ‘आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई आक्रमण गरे, हालै आईडीएफको जासुसी संयन्त्रबाट मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतंकवादी हमलाको योजना बनाउन र त्यसलाई पूरा गर्नका लागि एउटा कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लागेको छ ।’

एक्समा राखेको अर्को पोस्टमा आईडीएफले उसको सेनाले उत्तरी इजराइलमा एन्टी–ट्यांक लन्च गर्ने प्रयास गरिरहेको एउटा आतङ्कवादी सेललाई प्रहार गरेको बताएको छ । एक्समा राखेको पोस्टमा आईडीएफले भनेको छ,’हमासले ऊ मानवतावादी संगठन हो भन्ने विश्वास विश्वले गरोस् भन्ने चाहन्छ, उसको जालमा नफसौँ ।’

एक्समा भिडियो पोस्ट गर्दै आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, ‘हमासले पछिल्ला दिनमा विशेषगरेर पछिल्लो २४ घन्टमा हिजो दुई बन्धकलाई रिहा गरेर स्वयंलाई विश्वसामु मानवतावादी संगठनका रूपमा देखाउने प्रयास गरिरहेको छ, हमास आईएसआईएसभन्दा पनि खराब छ भन्ने संसारले बिर्सन सक्तैन ।’

इजराइली वायुसेनाले हमासले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै उनीहरूको घरहरूबाट रकेट लन्च गरेको बताएको छ । ‘हमास आंकवादी संगठनले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दछ र उनीहरूको पूर्वाधार, क्षेत्र र भवनबाट रकेट प्रहार गर्दछ’, वायुसेनाले भनेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ५८ बजे

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

सेयर बजारमा ९.५४ अंकको गिरावट 

काठमाडौं– बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार