ललितपुर महानगरपालिकामा दुई दमकल थपिए « Khabarhub

ललितपुर महानगरपालिकामा दुई दमकल थपिए


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् ।  

महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भने । ‘हामीसँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुर्‍याउने छ’ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ ।  

महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य रु पाँच करोड ६५ लाख रहेको उनले जानकारी गराए ।

दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराए।  उनका अनुसार ती दमकलमा दुई हजार पाँच सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।  

विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ३६ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे