अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह « Khabarhub

अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनलले पाकिस्तानसमक्ष अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न आग्रह गरेको छ ।

अफगानिस्ताको टोलो न्युजका अनुसार एमनेस्टी इन्टरनेशनलले एक विज्ञप्ति जारी गर्दै अफगान शरणार्थीहरुलाई देश निकाला र पक्राउ गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

अफगानिस्तानमा मानवीय संकट गहिरिँदै गएको अवस्थामा पाकिस्तानले शरणार्थीहरुलाई देश निकाला गर्न नहुने एमनेस्टीको भनाइ छ । अफगान शरणार्थीहरुको मानव अधिकारको सम्मान गर्नसमेत पाकिस्तानलाई एमनेस्टीले आग्रह गरेको छ ।

विज्ञप्तिमा देश निकालाका कारण अफगान महिला र बालिकाहरुको मानव अधिकारमा जोखिम उत्पन्न भएको जनाएको छ । ‘दशकौँदेखि पाकिस्तानमा अफगान शरणार्थीहरु बसोबास गरिरहेका छन् । पाकिस्तानको पछिल्लो निर्णयले उनीहरुलाई अफगानिस्तानमा खतरामा पार्नेछ ।’

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : २८ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको