सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् ।

थापाले इलेक्ट्राेनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रिया नपुर्‍याई गैरकानूनी तवरले पीडितलाई ए र बी वर्गको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी नक्कली सवारी चालक अनुमति पत्रको नक्कली प्रतिलिपि दिएर पटक पटक रकम लिई सम्पर्क विहीन भई ठगी गर्ने गरेकोले  उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ५६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको