डंकीको ओपनिङ पठान र जवानभन्दा कमजोर  « Khabarhub

डंकीको ओपनिङ पठान र जवानभन्दा कमजोर 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म डंकी उत्साहजनक व्यापार गर्नबाट चुकेको छ । यस वर्षको प्रदर्शनमा आएको उनको बहुप्रतिक्षीत फिल्मले पहिलो दिन घरेलु बजारमा बढीमा ३२ करोड भारुको व्यापार गरेको छ । जुन रकम यसै वर्ष प्रदर्शनमा आएको उनको फिल्म पठान र जवानको भन्दा कम हो । 

इमोसनल सोसल ड्रामा बनेको यस फिल्मका लागि पहिलो दिन १५ करोड टिकट बुकिङ भएको थियो । ट्रेड रिपोर्टसका अनुसार पहिलो दिन भारत भरी सबै भाषामा बढीमा ३२ करोडको व्यापार भएको छ । विदेशमा २२ करोडसहित पहिलो दिन ५४ करोडको व्यापार भएको हो ।

बिहीबार प्रदर्शनमा आएका कारण पनि यस फिल्मले व्यापारमा केही धक्का लागेको हुनसक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।यस वर्ष बक्स अफिसमा शाहरुखले सुपरहिट फिल्मले ह्याट्रिक हान्नेमा समर्थकहरू आशावादी थिए ।

थ्री इडिएट, मुन्ना भाइ एमबीबीएस, सन्जु जस्ता फिल्म निर्देशन गरेर आलोचकबाट पनि प्रशंसा पाएका राजकुमार हिरानीशाहरुखको सहकार्य विशेष बन्नेमा दर्शक आशावादी थिए । 

पठान र जवानभन्दा कमजोर 
यो वर्ष प्रदर्शनमा आएका शाहरुखका दुई फिल्म ५०० करोड क्लबमा प्रवेश गरेका फिल्म हुन् । जवानले पहिलो दिन घरेलु बजारमा ७५ करोडको व्यापार गरेको थियो भने जवानले ५७ करोड व्यापार गरेको थियो । 

शाहरुख र राजकुमारको सहकार्य बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान गरिएको बेला व्यापार उत्साहजनक नभएको हो । डंकीको पहिलो दिनको व्यापार शाहरुखे सन् २०१३ मा प्रदर्शनमा आएको चेन्नई एक्सप्रेसको बराबर कम हो । त्यो फिल्मले ३३ करोडको ओपनिङ गरेको थियो ।

दोस्रो दिन शुक्रबार भने ९ करोडको बुकिङ भएको छ ।  आजबाट प्रभासको सलार प्रदर्शनमा आउने भएकाले आगमी दिन डंकीका लागि थप चुनौतिपूर्ण देखिन्छ । 

विदेशमा कस्तो ?
प्रदर्शनको पहिलो दिन डंकीले विदेशी बजारमा २२ करोडको व्यापार गरेको छ । विदेशी बजारमा पनि राम्रो व्यापार गर्न छवि बनाएका शाहरुखको फिल्ले अस्ट्रेलियामा भने जवान र पठानको पनि रेकर्ड ब्रेक गरेको छ । 

त्यहाँ पहिलो दिन दुई करोड ३९ लाखको व्यापार भएको छ । त्यस्तै, यो फिल्मले उत्तर अमेरिकामा ६ करोड ३५ लाख भारुको व्यापार गरेको छ भने जर्मनीमा ७० वटा शोबाट झन्डै १ करोडको व्यापार गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ५० बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका