मन्त्री किरातीको राजीनामा माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन « Khabarhub

मन्त्री किरातीको राजीनामा माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्मका बारेमा मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर- ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगायतका नारा लगाएका थिए । 

प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्तीमा भएका कुरा ८१ प्रतिशत हिन्दुको भावना विपरित भएको बताए। राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गर्न उनले बताएका छन् । 

मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ११ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २