लागूऔषधसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ११ जना पक्राउ


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका-१६ न्यु पशुपति मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ३० मिलिग्राम र नगद ४ हजार ८ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  । 

बर्दियाको बढैयाताल गाउँपालिका-७ रानिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही गाउँपालिका-३ तमौलिपुर बस्ने ३० वर्षीय विमल परियारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

उदयपुरको कटारी नगरपालिका-४ सिम्लेबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय होम बहादुर जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका-१ दुबिचौरबाट अवैध लागूऔषध गाँजा ४० किलो ७ सय ग्रामसहित सोही ठाउँ बस्ने २०  सुरेन्द्र चेपाङ समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका-१६ सिंहाई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१६ नागवा बस्ने १९ वर्षीय सुनिल साह तुरहा र ३३ वर्षीय विशाल पटेल रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५७ प ४४८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ४२ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको