बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश « Khabarhub

बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते स्पष्टीकरण सोधेको थियो ।

त्यसपछि मन्त्री बस्नेतले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो ।

मन्त्रिपरिषदको निर्णयविरुद्ध डा. बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ०३ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध