अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियामा हरेक वर्ष काठको हिटरका कारण ६३ जनाको मृत्यु


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक वर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ । 

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा वार्षिक ११ देखि ६३ जनाको काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्यु हुने गरेको उल्लेख गरेको छ । 

अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित  वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ । अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताएका छन् ।

 उनका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ । स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उनको भनाइ छ ।  

अनुसन्धानका अनुसार वायु प्रदूषणको अतिरिक्त, काठको हिटरहरूले कार्बन डाइअक्साइड, मिथेनलगायतका ग्यास उत्पादन गरी जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गर्दछ ।

राजधानी क्यानबेरा र यसका वरपरका शहरहरू हेर्ने स्थानीय सरकारले अगस्टमा सन् २०४५ सम्ममा सबै काठ हिटरहरू विस्थापन गर्ने योजना घोषणा गरेको छ ।

अनुसन्धान हेल राष्ट्रिय अनुसन्धान सञ्जाल तथा तस्मानिया विश्वविद्यालयको  सुरक्षित हावासँगको सहकार्यमा गरिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ०६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो