पुराना मुद्दा फछ्र्योटमा विशेष अदालतको जोड « Khabarhub

पुराना मुद्दा फछ्र्योटमा विशेष अदालतको जोड


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछ्र्योटलाई तीव्रता दिएको छ ।

विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् । कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फछ्र्योट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

त्यस्तै १८ महिनादेखि दुई वर्षसम्मका मुद्दा २८ रहेका छन् । कुल ५५ थान मुद्दा रहेकामा २७ मुद्दा फछ्र्योट भएका छन् । एक वर्षदेखि १८ महिनासम्मका ५० थान मुद्दा फछ्र्योट गर्न बाकी रहेका छन् । कुल ७५ मुद्दा रहेकामा ५५ मुद्दा फछ्र्योट भएका छन् ।

साथै छ महिनादेखि एक वर्षभित्रका ६८ मुद्दा फछ्र्योट  भएका छन् । कुल ८१ मुद्दा रहेकामा १३ फछ्र्योट भएका छन् । त्यस्तै छ महिनाभित्रका कुल एक सय एक मुद्दा रहेकामा छ मुद्दा फछ्र्योट  भएका छन् भने छ भने ९५ थान मुद्दा बाँकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतले मुद्दा फछ्र्योटलाई तीव्रता दिएको र निर्दोषलाई दोषी ठहर नहोस् तथा दोषीले सजाय पाओस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अदालतले छिट्टै अनलाइन सुनुवाइ गर्ने तयारी गरिरहेको र संविधान तथा कानुनअनुसार पाएको जिम्मेवारी पूरा गरिरहेको जानकारी दिए ।

उक्त अदालतबाट २०७९ वैशाख १ गतेदेखि नेपालभर अनलाइन तारिख लिन र कोभिडपश्चात अनलाइन बकपत्र गर्ने प्रक्रिया नियमितरूपमा सञ्चालन भइरहेको छ । विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०८० अन्तिम चरणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : २९ बजे

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता

२६ दिनमै मन्त्री खुस्किएपछि कलाकारको व्यङ्ग्य : जोगीलाई मन्त्री बनाउने कि ?

काठमाडौं – सम्पत्ति शुद्धिकरणका अनुसन्धनामा तानिएका दीपक भट्टसँग जोडिएकाले नागरिकस्तरको

युक्रेनी हमलापछि रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

किएभ– युक्रेनको आक्रमणपछि रूसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा