गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास | Khabarhub Khabarhub

गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध श्रेष्ठ चितवनका कप्तान पनि हुन् ।

प्रतियोगिताको प्लेअफ सम्भावना सकिए पनि लिगको अन्तिम खेलमा चितवनले झापामाथि २–० को जित निकालेको छ ।

लामो सयमदेखि घरेलु फुटबल खेल्दै आएका श्रेष्ठ एक दशकको प्रतिक्षापछि २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।

राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो । ०५९ मा एन्फा एकेडेमीमा आवद्ध श्रेष्ठ २०६६ सालसम्म त्यहीं रहेका थिए ।

एन्फा एकेडेमीबाट निस्केयता उनले मनाङ मर्स्याङ्दीलाई पहिलो रोजाईको क्लब बनाएका थिए ।

दस वर्ष मनाङबाट खेलेका उनी ०७६ सालदेखि मछिन्द्र क्लबमा आवद्ध छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ४३ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’