चौँरीदेउरालीमा बुद्धको २२ फिट अग्लो मूर्ति स्थापना « Khabarhub

चौँरीदेउरालीमा बुद्धको २२ फिट अग्लो मूर्ति स्थापना


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।

मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो । ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन् । उनले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन् ।

मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गरेका हुन् । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो । समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताए ।

कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ५२ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज