यसकारण कमजोर बन्यो नेपालको चिकित्सा शिक्षा « Khabarhub

यसकारण कमजोर बन्यो नेपालको चिकित्सा शिक्षा

‘मलाई पैसा चाहिँदैन पढाउन देउ भन्दा पनि दिँदैनन्’



हाम्रो नेपालमा दक्ष जनशक्ति र नवीन विज्ञानलाई आत्मसाथ गर्न नसक्नु हाम्रो पहिलो समस्या हो । विश्व चाहिँ २१ औँ शताब्दीमा गयो भन्ने र प्रत्येकको हातमा महँगो मोबाइल हुन्छ । त्यसपछि लोकसेवाको सिट खोल्दा बाल रोग र दन्त चिकित्सक भन्दा अरू केही आउँदैन । त्यो भन्दा अगाडि हामी कहिले जान्छौँ त ? हाम्रोमा सबसिटी कहिले स्थान पाउँछ ?

म आएर सन् २०२० मा नेपालका धेरै मेडिकल कलेजमा लौन मलाई करारमा राख्देऊ भनेर भिख माग्दा तिम्रो विषय के भनेर बाल रोगको प्रोफेसरले सोध्नु हुन्छ । यस्तो अवस्था किन आयो त भन्दा हाम्रो लाइब्रेरीमा २१ औ एडिसनको पाठ्यक्रम पढाई हुने ठाउँमा १७ औँ एडिसनको पाठ्यक्रम नै राखिएको छ ।

नेपालका मेडिकल कलेजको प्रश्नपत्र हेर्दा त्यसमा एसिआर क्राइटेरीया लुप्स लेख्नुहोस् भनेर राखिएको छ जब कि यो सन् २००० को हो त्यसपछि स्रिस्स क्राइटेरीया २०१२ मा आयो । अहिले एसिआर युलार क्राइटेरीया २०२० मा आएको छ । त्यसैले विद्यार्थीले त्यो उत्तर लेखेर जानेर त्यो केही फाइदा छैन । यसको अर्थ हाम्रोमा ताजा जर्नलको त कुरै छोडौँ ताजा पुस्तक समेत छैन ।

काठमाडौँका तीन चार वटा मेडिकल कलेजमा गएर हेर्दा विद्यार्थीहरुमा ईम्युनोलोजी पिडीयार्ट्रिरक्स रियुम्याटोलोजीको एउटा प्रश्न सोध्ने हो त्यो १० वटामा ९ वटा गर्नुहोस् भन्छ त्यो छोड्ने हो भनेको सुनिन्छ । त्यसैले नेपालमा कुनै बिरामी डायग्नोसिस् (निदान) नै हुँदैन ।

नेपाल आएर मैले कति रहेछन् त ईम्युनोलोजी पिडीयार्ट्रिरक्स रियुम्याटोलोजीको बिरामी भनेर हेर्दा जर्नलमा कुनै आर्टिकल नै हुँदैन । किनकि उनीहरूको डायग्नोसिस् नै भएको हुँदैन । अहिले विशिष्टीकृत विज्ञहरूलाई सबैले व्यवस्थापन गरेका छन् ।

सबैलाई थाह छ, हृदय प्रत्यारोपण पढेर आओस् वा इन्फेक्सियन्स डिजिज विशेषज्ञ पढेर आओस् जेरीआर्टीक्स पढेर आउनु भएका ९ जनामध्ये ५ जना मात्र नेपालमा हुनु हुन्छ । अरू बाहिर नै तर नेपालमा भएकोलाई पनि मेडिकल कलेजमा कसैले राख्नु भएन । पिडीयार्ट्रिरक्समा डिएम गरेकालाई पनि नेपालमा नराखेर बाहिर जानु परेको छ । म बल्ल बल्ल बसेको छु अरू जस्तो १५ हजार कमाउन थाल्छु । म पनि यो देशमा किन नबस्ने, भोको पेटले कसरी गीत गाउँछ र भन्ने अवस्था आउँछ ।

हाम्रो देशमा जनशक्तिको लागि आयोग र प्रतिष्ठानको २०२० मा ७२१ सिटको विज्ञापन खुलेको अहिलेसम्म जाँच भएको छैन । त्यो ७२१ जनाले पढाउने विषय कसले पठाएको छ त त्यसैले यो तरिकाले कसरी शिक्षा क्षेत्र अगाडि बढ्छ ?

१० वर्ष अगाडिको पाठ्यक्रम अहिले पनि त्यही लागू भएको छ । विज्ञान धेरै छिटो अगाडि बढेको छ । तर हामी १० वर्ष अगाडिको पाठ्यक्रमबाट अगाडि गइरहेका छौँ । युरिक एसिड भनेको बाथ भन्ने देशमा केही थोरै भए पनि जनचेतना फैलाउन सक्छु कि जस्तो लागेर बोलेको छु ।

जनशक्तिको कुरा गर्ने हो भने यति दिक्क लाग्दो छ । प्रति १०,००० संङख्यामा ८९ स्वास्थ्यकर्मी सङ्ख्या रहेछ । त्यसमा कहिले सुधार होला हाम्रो त बोल्ने मात्र तर काम नगर्ने देश हो यो ।

जस्तो एएनए र सिआरपीजस्ता विधिहरू पहिला जाली विधिबाट गरिन्थ्यो । त्यसरी गरेर त्यो न त सेन्सेटिभ छ न त स्पेसिप छ । तर त्यसलाई नवीन ढंगले जस्तो एएनएलाई इम्युनोफ्लोरेसन विधिबाट गरियो भने प्रभावकारी हुन्छ ।

तर हाम्रो देशको कुनै पनि सरकारी अस्पतालमा यो छैन । जे तरिकाले गरिएको छ त्यसले कुनै बिरामी डायग्नोसिस् भएको छैनन् । त्यसैले व्यवस्था सुधार गरेन भने जसरी संसारबाट नोकिया फोन गयो । त्यसरी नै हाम्रो देशको चिकित्सा प्रणाली पनि धाराशयी हुन सक्छ ।

नेपालको क्लिनिक विधिमा न त कुनै शिक्षकलाई नै पढाउन इच्छा छ, मैले सिकेको क्लिनिक विधिबाट कुन कुन जाँच गर्ने त्यसलाई न्यारो डाउन गरेर गर्न सकिन्छ । तर हाम्रोमा अल्ट्रासाउन्ड पठाई दियौँ सबै आउँछ भन्ने छ त कसरी चिकित्सा क्षेत्र कसरी व्यवस्थापन हुन्छ ?

हाम्रो देशमा बाहिर फार्मेसीमा भाइरल रोगमा पनि प्रशस्त यान्टिबायोटिक चलाएको देखिन्छ तर कसैले पनि त्यसको बारेमा बोलेको देखिँदैन । रुघाखोकी, भाइरल डायरियामा समेत यान्टिबायोटिक चलाएको छ यसलाई कसरी रोक्ने ? तर बाहिर त्यो भयो भने कारबाही गर्छन् ।

हाम्रो देशमा एउटा जोर्नीको रोग लागेको बिरामीलाई बाथ भनेर उसलाई मेथोट्रेक्सेट खुवाइयो । रोग एकातिर तर औषधि र उपचार अर्कोतिर भइरहेको छ । कोभिडमा पनि यस्ता यान्टिबायोटिकहरू धेरै चलाइयो ।

हाम्रो देशमा धेरै भ्रमहरू छन् । त्यसको लागि जनचेतना आवश्यक छन् । धेरैले बच्चामा पनि वाथ रोग र इम्युन कम्युनको रोग हुन्छ र भन्नु हुन्छ । मैले यो बच्चामा नै हुने हो भने । बाल मृत्युहरू घटेको छ तर आमाको मृत्युदर बढेको छ ।

देशमा नै केही गर्छु भनेर अमेरिका युरोपबाट आएका स्वास्थ्य विशेषज्ञहरू हामीलाई कसैले किन स्वीकार नगरेको हाम्रो कुरा न त लोकसेवा आयोगले सुन्छ । न त त्रिवि आयोगले सुन्छ, नत चिकित्सा प्रतिष्ठानले सुन्छ । हामीलाई लिने कसले हो त ?

अहिले संसारमा धेरै उपकरणहरू आएका छन् हामीले देशको अत्यधिक उपकरण भनेको एमआरआई मात्र हो । विश्वमा जस्तो ईम्युनोलोजी क्षेत्रमा जेनेटिक टेस्ट देखि लिएर, इम्युनोफ्लोरेसेन्स, आइएस्सी लगायत धेरै नयाँ नयाँ कुराहरू आएका छन् । तर हाम्रो देशमा यी कुरा पुरानै विधिबाट हुन्छ भनेर बाहिर गएर भन्यो भने सबै मान्छे हाँस्छन् ।

हाम्रो देशमा ल्याबेटेलोल भन्ने प्रेसरको ओषधि नपाउने, एउटा बच्चाको छारे रोगको औषधि नपाउने यस्तो अवस्थाको अन्त्य कहिले हुन्छ ? बेसिक सुविधा हरेक क्षेत्रमा पाउनु पर्याे

चिकित्सा क्षेत्रमा पढ्ने विद्यार्थीले पनि पास हुनको लागिमा पढेको जस्तो भयो राम्रोसँग बुझ्न पाएका छैनन् । मलाई पैसा दिनु पर्दैन म पढाउँछु भनेर भिख माग्दा नेपालको कुनै मेडिकल कलेजले पढाउन दिएको छैनन् ।

(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा इम्युनोलोजिष्ट डा.धर्मागत भट्टराईले राखेको धारणाको सम्पादित अंशः)

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : २८ बजे

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

काठमाडौँ: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ : नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन

सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब