बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी « Khabarhub

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका छन् । उनले अमेरिका बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने दाबी गर्दै ईरानको अधिकांश सैन्य शक्ति पहिले नै कमजोर भइसकेको बताएका छन् ।

ट्रम्पका अनुसार आगामी दिनमा अमेरिका ईरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग आइल्यान्डसहित अन्य महत्वपूर्ण तेल तथा ग्यास संरचनामाथि पनि नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ । खार्ग आइल्यान्डलाई ईरानको प्रमुख तेल निर्यात केन्द्रका रूपमा लिइन्छ ।

यसैबीच, ओमान नजिकै भारतीय नाविकहरू सवार जहाजमाथि अमेरिकी आक्रमण भएको विषयमा भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज ःजलवीरमाथि पनि आक्रमण गरेको जनाएको छ ।

उक्त जहाजमा रहेका सबै २० जना भारतीय नागरिक सुरक्षित रहेको र उनीहरूलाई उद्धार गर्ने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

भारतले यस घटनापछि अमेरिकी राजदूतलाई तलब गरी कडा विरोध जनाएको छ र जहाजमाथि हुने यस्ता आक्रमण तत्काल रोक्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ९ : १८ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले