पुस्तान्तरण हुन नसक्दा लोप हुँदै पञ्चेबाजा « Khabarhub

पुस्तान्तरण हुन नसक्दा लोप हुँदै पञ्चेबाजा


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुसिकोट– गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो ।

दमाहा, ट्याम्की छिल्लर, सहनाई र नरसिंहा यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चेबाजा । विवाह, व्रतबन्ध, पूजाआजा र अरु विविध सामाजिक कार्यमा बज्ने यस्ता बाजाको प्रयोग हिजो आज कमै मात्रामा हुन थालेको छ । पुरानो पुस्तामा यो बाजा बजाउने सीप भए पनि पछिल्लो पुस्ताले यसमा खासै चासो दिएको छैन । बाजा बजाउने सीपको पुस्तान्तरण हुन नसक्दा यो मौलिक नेपाली संगीत हराउँदै जान थालेको रविलाल नेपालीले बताए ।   

पहिले दलित समुदायका विभिन्न जातिले यो बाजालाई पेसा बनाएका थिए तर पछिल्लो पुस्ताले यसमा अभिरुचि नदेखाएपछि रुकुममा पञ्चेबाजा बजाउने कम हुँदै गएका छन् । गाउँमा बाजा बजाउने सबै पुराना पुस्ताका मात्र देखिन्छन् । नयाँ पुस्ताले पञ्चेबाजा बजाउन नसिक्दा पञ्चेबाजा लोप हुने त होइन भन्ने चिन्ता बढेको मुसिकोटका भागिराम परियारले बताए। पञ्चेबाजासँगै अन्य विविध मौलिक संस्कृति संरक्षणमा सरोकारवाला निकायले गरिरहेको प्रयास पर्याप्त हुनसकेको छैन ।

बाजा संरक्षणका लागि बाजा बनाउनेदेखि बजाउने सीपको प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको मुसीकोट नगरपालिकाका नगर उपप्रमुख विमलकुमार पुन बताउँछन् । बाजा बजाउनेलाई पोसाक र बाजा खरिदमा सहयोग गर्ने, बेलाबेलामा प्रतियोगिता आयोजना गर्ने र विभिन्न  र्‍याली, जुलुस, उत्सव तथा औपचारिक कार्यक्रममा सहभागी बनाउने जस्ता काम गर्ने गरिएको उनको भनाइ छ ।

स्थानीय सरकारले पनि पुराना मौलिक बाजा संरक्षणको लागि विभिन्न कार्यक्रम बनाएको उनको दाबी छ । बजारमा पाइने आधुनिक बाजागाजाका कारण पनि पञ्चेबाजा लोप हुँदै गएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाको भनाइ छ । ‘मौलिक कला, संस्कृति र संगीत हाम्रा अमूल्य सम्पति हुन्’ देवकोटाले भने, ‘हाम्रा पुर्खाले कयौं कला, संस्कृति र संगीतको विकास गरेका छन् ।’ यसको संरक्षण र प्रचारप्रसार जरुरी रहेको उनको भनाइ छ । 

नभए हाम्रा पञ्चेबाजासहित अन्य लोक संस्कृतिको मुहार हाम्रा आगामी पुस्ताले देख्न मुस्किल पर्ने र यसका लागि पछिल्लो पुस्ताको सक्रियता र अभिरुचिको पनि उत्तिकै खाँचो देखिएको  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्षको जोड छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : ४७ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको