बागलुङका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित   « Khabarhub

बागलुङका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित  


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका-२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर दुई लाख आम्दानी गरे। उनले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो ।  

अहिले जैमिनी नगरपालिका-१० राङ्खानीका केदार आचार्यले आफ्नै आचार्य जैविक कृषि फर्ममा समेत पहिलो पटक स्ट्रबेरीको खेती थालेका छन् । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्ट्रबेरीको व्यावसायिक खेती थालेका छन् ।

छन्त्यालले बागलुङमा स्ट्रबेरी खेती गरेको खबर पाएपछि उनकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्ट्रबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताए। उनले गत वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती थालिएको जनाउँदै यो बागलुङका लागि नयाँ फल रहेको बताए । उनले आफूले परीक्षणका लागि लगाएका तीन सय स्ट्रबेरीका बिरुवाले उत्पादन दिन थालेको जानकारी दिए। 

‘पाँच वर्षदेखि कृषि कर्ममा तल्लीन छु, नयाँ-नयाँ फलफूल तथा तरकारीको परीक्षण उत्पादनसमेत गर्दै आएको छु, यहाँ स्ट्रबेरीको राम्रो सम्भावना देखेँ, स्ट्रबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायिक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेती यस वर्षदेखि थालेको हुँ’, आचार्यले भने, ‘स्ट्रबेरी अन्य फलफूलभन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै वृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।’

उनले नयाँ फल रहेको र बिरुवा उत्पादनमा कुनै समस्या नभएकाले बजारीकरणको समस्या नदेखिएकाले यसको व्यावसायिक उत्पादन आवश्यक रहेको बताए। अहिले बागलुङ बजारको कौसी खेतीमा समेत स्ट्रबेरी लगाइएको पाइन्छ तर त्यो व्यावसायिक नभएर घरायसी प्रायोजनका लागि मात्रै भएको आचार्यले जानकारी दिए।

 उनले चारवटा प्लास्टिक टनेलमा तरकारी खेती, सुन्तला खेती, स्ट्रबेरी खेती, गड्यौला खेती र १० रोपनी जग्गामा अलैँची खेती गर्दै वार्षिक सात लाख आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्केर कृषि कर्ममा लाग्नुभएका आचार्यले स्ट्रबेरी खेतीलाई प्रवर्द्धन गर्न थालेका छन् ।  

 छन्त्यालले गाउँमा कृषि क्रान्ति नै ल्याएका छन्। गाउँमा पहिलोपटक उनले प्लास्टिक टनेल हालेपछि अहिले गाउँभरि प्लास्टिक टनेल छन् । पाँच वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरी फर्केर कृषिमा लागेका छन्त्यालले भने , ‘अहिले स्ट्रबेरीको क्रेज बढेको छ, पहिला स्ट्रबेरीको नामै थाहा नभएकाले स्ट्रबेरी खान थाले, बागलुङमा पहिलोपटक स्ट्रबेरीको व्यावसायिक उत्पादन गत वर्ष मैले नै थालेको हुँ, अहिले केदार आचार्यले पनि थाल्नुभएको रहेछ ।’ 

 छन्त्यालले टमाटर फलाउने जग्गामा स्ट्रबेरी फलाउन सके धेरै गुणा महङ्गोमा बिक्री गर्न सकिने अनुभव सुनाए । ‘गत वर्ष स्ट्रबेरी लगाएको प्लास्टिक टनेलमा हिमपातका कारण केही क्षति भएपछि अहिले टनेल मर्मतमा लागेको छु, त्यसपछि पुनः स्ट्रबेरी लगाउने उदेश्य छ’, उनले भने। छन्त्यालले जल्लामै पहिलोपटक स्ट्रबेरीको व्यावसायिक खेती थालेको कृषि ज्ञान केन्द्रको तथ्यांकलेदेखाएको छ । 

लामो समय वैदेशिक रोजगारीमा गएका छन्त्यालले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि काठमाडौँ र पोखरामा व्यावसायिक खेती सुरु गरेका थिए । पछि आफ्नै गाउँ कटेरीमा छ रोपनी जग्गामा व्यावसायिक तरकारी र स्ट्रबेरी खेती थालेको छन्त्यालको भनाइ छ । स्ट्रबेरीको बजार मूल्य अहिले प्रतिकिलो पाँच सय रहेको छ । लामो समयदेखि घरको कौसीमा स्ट्रबेरी खेती गर्दै आएका बागलुङ नगरपालिका–३ का घरधनी बमबहादुर खड्काले बताए। उनले छतमै फलाएको काउली र बन्दा बिक्री गरे पनि उत्पादन भएको स्ट्रबेरी परिवार र आफन्तले उपभोग गरेको बताए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  २ : ११ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना