कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने | Khabarhub Khabarhub

कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो। यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए। 

निर्देशक डा खड्काले आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने जस्ता लिएका लक्ष्य पुरा गरेका बताए। यस्तै, डाक्टर खड्काले आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना  अस्पतालले लिएको बताए।

अस्पतालले सोमबार पत्रकार भेटघाट गर्दै अस्पतालले आर्थिक वर्ष २०७८-०७९ र आर्थिक वर्ष २०७९-०८० मा गरेको प्रगति विवरण समेत सार्वजनिक गरेको थियो।  यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का रुपमा स्तरोन्नतिका लागि छलफल समेत गरिसकेको छ। जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ।

हाल २९७ शैयाको अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्यांक छ। सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भई विसं २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ सालमा १५ शैया, २०४९ सालमा २५ शैयाको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो। त्यस्तै, विसं २०६२ फागुण ७ गते ५० शैयाको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रूपान्तरण भएको थियो।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : २४ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा