पोखरामा टेवानको ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

पोखरामा टेवानको ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : महिला व्यवसायीलाई उत्प्रेरणा र प्रोत्साहन दिन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पोखरामा ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायमा रहेका महिला र नयाँ आउनेलाई प्रोत्साहित गर्न टेवानले पोखरामा ‘विजनेस नेटवर्किङ एण्ड फेलोशिप’ कार्यक्रम गरेको हो ।

टेवानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पोखराका व्यवसायी, महिला व्यवसायी र पर्यटन व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो । नयाँ कार्यसमिति बनेपछि आयोजना भएको पहिलो कार्यक्रममा अध्यक्ष कमला गिरीले महिला व्यवसायी र पर्यटनमा रहेका व्यवसायीहरुको सञ्जाल स्थापित गर्दै थप अरुलाई पनि जोड्नका लागि कार्यक्रम आयोजना गरेको बताइन् ।

पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्लाका प्रतिनिधिका साथै अरु प्रदेश तथा क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला व्यवसायीहरुको विशेष सहभागिता थियो । पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि केही महत्वाकांक्षी कार्यक्रम गर्ने योजनामा छ । जसको सुरुवात विजनेस टेनवर्किङ र फेलोशिपबाट सुरु भएको हो ।

कार्यक्रममा टेवानका सल्लाहकार पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले महिलाहरुको व्यावसायिक सफलताका लागि समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए । यस्तै पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले सबै व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल गर्नु पोखराको पर्यटन व्यवसायमा ठूलो टेवा भएको बताए ।

टेवानकी अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवम् कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायका प्याकेजसमेत प्रदर्शनमा राखिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ३६ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर