पोखरामा टेवानको ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न « Khabarhub

पोखरामा टेवानको ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : महिला व्यवसायीलाई उत्प्रेरणा र प्रोत्साहन दिन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पोखरामा ‘विजनेस नेटवर्किङ’ कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायमा रहेका महिला र नयाँ आउनेलाई प्रोत्साहित गर्न टेवानले पोखरामा ‘विजनेस नेटवर्किङ एण्ड फेलोशिप’ कार्यक्रम गरेको हो ।

टेवानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पोखराका व्यवसायी, महिला व्यवसायी र पर्यटन व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो । नयाँ कार्यसमिति बनेपछि आयोजना भएको पहिलो कार्यक्रममा अध्यक्ष कमला गिरीले महिला व्यवसायी र पर्यटनमा रहेका व्यवसायीहरुको सञ्जाल स्थापित गर्दै थप अरुलाई पनि जोड्नका लागि कार्यक्रम आयोजना गरेको बताइन् ।

पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्लाका प्रतिनिधिका साथै अरु प्रदेश तथा क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला व्यवसायीहरुको विशेष सहभागिता थियो । पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि केही महत्वाकांक्षी कार्यक्रम गर्ने योजनामा छ । जसको सुरुवात विजनेस टेनवर्किङ र फेलोशिपबाट सुरु भएको हो ।

कार्यक्रममा टेवानका सल्लाहकार पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले महिलाहरुको व्यावसायिक सफलताका लागि समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए । यस्तै पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले सबै व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल गर्नु पोखराको पर्यटन व्यवसायमा ठूलो टेवा भएको बताए ।

टेवानकी अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवम् कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायका प्याकेजसमेत प्रदर्शनमा राखिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ३६ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक