राष्ट्रपतिमा सक्षम व्यक्तिको खाँचो छ « Khabarhub

राष्ट्रपतिमा सक्षम व्यक्तिको खाँचो छ


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन र २५ गते निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपतिमा धेरै व्यक्तिको दाबी आइरहेको छ । राजनीतिक दलहरूले प्रस्ताव पनि गरिरहेका छन् । यस विषयमा आधारित रहेर लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश-

राजनीतिक छविभन्दा बाहिरको मान्छे राष्ट्रपतिका लागि उपयुक्त हुन्छ हो ?

यसलाई हरेक कोणबाट व्याख्या गर्न सकिन्छ । त्यो पनि एउटा कोण हुनसक्छ । राजनीति गरेको मात्र हुनुपर्छ भन्ने होइन र बाहिरी मान्छे मात्र हुनुपर्छ भन्ने पनि हुँदैन । राष्ट्रपतिमा सक्षम व्यक्तिको खाँचो छ ।

राष्ट्रपति भनेको त आलङ्कारिक ठाउँ होइन र ?

राष्ट्रपति राष्ट्रको प्रतिनिधिमूलक व्यक्ति बन्नु पर्छ । पछि विवाद आउनु हुँदैन । हो, गणितीय हिसाबले हामी न्यून छौँ । तर, यदि राजनीतिक दलभित्र साझा उम्मेदवारको खोजी भएमा महन्थ ठाकुर पनि राष्ट्रपति बन्न सक्नुहुन्छ भन्न खोजेको हो ।

अहिले प्रधानमन्त्रीमात्रै होइन राष्ट्रपति पनि बाहिरी मुलुकको चासोको विषय बनेको छ नि ?

हाम्रो देशको सम्बन्ध अन्य धेरै देशसँग रहेको छ । भूराजनीतिक विषयले पनि राष्ट्रपतिको निर्वाचनलाई प्रभावित बनाइरहेको छ । हाम्रो भूराजनीतिक स्थिती पनि उत्तिकै महत्वपूर्ण छ । लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ । राष्ट्रपति पदमा रहेको मान्छे कार्यकारीको ओहदाबाट माथि उठ्न सक्ने खालको चाहिन्छ । सानो दलमा पनि राम्रो मान्छे हुन सक्छन् । राष्ट्रपति भनेको अलङ्कारिक पद हो । खास भन्दा ५ वर्ष त्यो कुर्सीमा बस्न पाउँछु कि पाउँदिनँ भन्ने धारणाको विकास भएको मात्र हो । सबैभन्दा पुरानोले झन् झ्याली गेम खेल्ने गरेको देखिएको छ ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको विज्ञप्ति आयो, विज्ञप्तिमा दलहरूलाई सहकार्यको प्रस्ताव गरिएको रहेछ, राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा पूर्वराजाको विज्ञप्तिले केही संकेत गर्छ ?

म यो पुस्ताको मान्छे हो । राजसंस्थाको प्रस्ताव मलाई मान्य छैन । मेरो विचारमा यो सही छैन । यसमा नयाँ पुस्ताको आगमन हुनुपर्छ भन्ने मेरो भनाइ हो । ज्ञानेन्द्र शाह बारम्बार अवसर पाएको मान्छे हो, उनी नसकेर मात्र भागेका हुन् । ज्ञानेन्द्रपछि पारस पनि त्यही हुलमा थिए । हामीले कुनै व्यक्तिलाई अनावश्यक रूपमा धेरै महत्व दिनु हुँदैन ।

प्रस्तुती- कुसुम गौतम

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १० : १८ बजे

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६

अर्थमन्त्रीको निष्कर्ष : वितरणमुखी अतिवाद र फितलो कार्यान्वयनले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसायो

काठमाडौं– सरकारले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ। अर्थमन्त्री

समातियो नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह, यसअघि पटके अपराधमा मुछिएका नै संलग्न

काठमाडौं– नक्कली मुद्रा जस्तो देखिने कागज प्रयोग गरी सर्वसाधारणलाई ठगी

साहित्यकार खगिन्द्रा खुसीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’  

काठमाडौं‍– तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक

सार्वजनिक जग्गाको बहानामा गरिबमाथि धरपकड गर्ने सरकारसँगै छैन हदभन्दा बढी लिनेको तथ्यांक

काठमाडौं– शनिबारदेखि देशका केही ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूको बस्ती