भोजपुरमा रेडपान्डा संरक्षण अभियान सुरु गरिने « Khabarhub

भोजपुरमा रेडपान्डा संरक्षण अभियान सुरु गरिने


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टक्सार– प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपान्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपान्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा र जिल्लाको सुदूरउत्तर सल्पासिलिछो गाउँपालिका–५ दोभानेमा समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सुरु गर्न लागेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० मा उक्त क्षेत्रमा रहेका सामुदायिक वनसँग समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपान्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा तथा दोभानेमा रहेकाका सामुदायिक वनसँग सहकार्य गरिने छ । यस आर्थिक वर्षमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपान्डा नेटवर्कले अनुमानित रु २० देखि २५ लाख बजेट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने छ ।

 रेडपान्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयमा इको क्लब गठन गरी सचेतना कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रेडपान्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाइँले बताए ।

 रेडपान्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरिएको हो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : ३५ बजे

दबाबमा काठमाडौंको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

राहदानीमा गडबडी : गौरिगञ्ज इप्रकाका आठजना कर्मचारी र चार राहदानी वाहकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- राहदानीमा उमेर हेरफेर गरी गैरकानुनी रूपमा राहदानी जारी गराएको

पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

गुल्मी– गुल्मीको पर्यटकीय क्षेत्रका रुपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको

फसेका अन्तरिक्ष यात्री उद्धारका लागि चीनद्वारा ‘शेन्जोउ–२२’ प्रक्षेपण

बेइजिङ– चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षित रुपमा घर

ईश्वर पोखरेलको घोषणाका मुख्य १० कुरा : कार्यकारी पदमा दुई कार्यकाल फर्काउने, ओलीलाई बिदा गर्ने

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर २७ देखि