राष्ट्रपति दलको नेता चुने जस्तो होइन | Khabarhub Khabarhub

राष्ट्रपति दलको नेता चुने जस्तो होइन

‘राजनीतिमा सबैलाई आ-आफ्नो स्थान दिनुपर्छ’


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राजनीतिक दलमा राष्ट्रपतिको विषयलाई लिएर बहस चर्किएको छ। अहिले नयाँनयाँ प्रस्ताव आइरहेका छन्। यो प्रस्तावमा पुराना अनुहार परेका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन्। सरकारको एक घटक राष्ट्रिय प्रजातन्त्र पार्टी यो सरकारमा सहभागी हुँदा विभिन्न १० वटा शर्त अगाडि सारेको थियो। १० शर्तमध्ये एउटाबाहेक कुनै पनि शर्त पूर्ण रुपमा पालना भएको देखिँदैन। पृथ्वी जयन्तीमा बिदा दिने शर्त पूरा भएको छ। सरकारको सहभागिता उपलब्धिमूलक छ कि छैन ? राप्रपा सरकारमा रमाइरहेको छ कि छैन ? पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको विज्ञप्ति र यसले राजनीतिमा ल्याएको तरङ्गको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा संसद् बुद्धिमान तामाङसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेची पुलबाट उल्टो हावा वहन थाल्यो भन्ने प्रतिक्रिया दिनुभएको छ। यसलाई राप्रपाले कसरी हेरेको छ ?
एउटा अभियान्ताले गरेको कार्यक्रम हो। त्यसमा पूर्व राजाको सहभागिता हुँदा मात्र हावा उल्टो बहेको जस्तो मलाई लाग्दैन। अन्य कार्यमा सहभागीले त्यो जनाउँछ जस्तो मलाई लाग्दैन।

पूर्व राजा फागुन १ गते मेची पुलको किनारामा उपस्थित भएका थिए। फागुन ७ गते विज्ञप्ति आयो। त्यसको प्रतिक्रिया कस्तो आउला ?
अभियान्ताले गरेको कार्यक्रममा पुग्नु कुनै ठूलो कुरा होइन। उल्टो होइन सुल्टो हावा बगेको हो। आ–आफ्नो हेर्ने दृष्टिकोण फरकफरक रहेको हुन्छ। जस्तो फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भने जस्तो हो। देशको वास्तविक स्थितिलाई बुझेर कुनै न कुनै प्रतिक्रिया आएको हुन्छ। जुन कुरा उल्लेख गरिएको छ। नेपाल हिजो त्यो रूपमा देखिएको थिएन, अहिले त भन्दा म ठूलो भन्ने भावना उत्पन्न भएको छ। यसले देशलाई जुन बेला पनि जता पनि पुर्याउन सक्ने देखिन्छ। यो चिन्ताको विषय हो। देशको आर्थिक अवस्थाले संकटमा छ। नेतृत्वमा पुगेका दलले सोच्न नसक्दा देश आर्थिक संकटमा फसेको छ। यो अवस्थामा पूर्व राजाले जारी गरेको वक्तव्य सही छ।

राप्रपाले सरकारमा जान १० वटा शर्त अगाडि सारेको थियो। एउटा शर्त त पूरा भयो अरु शर्त कता पुगे ?
मन्त्रीबाट काम नै सुरु भएको छैन, शर्त कहाँबाट पुरा हुन्छन्। कुनै सरकारलाई पनि सही समय तथा ‘हनिमुन डे’ भन्छ त्यो दिने चलन छ। सरकारले भर्खरै काम सुरु गरेकाले अहिले नै यसो भन्ने अवस्था छैन।

सय दिनको पर्खाइ भन्दा अगाडि जुन परिदृश्य हामीदेखि देखिरहेका छौं त्यसले त यो हुने विरुवाको चिल्लो पात भन्दा पनि फुस्रो पालमा झै लाग्छ ?
यो सरकार स्थिरताका लागि बनेको हो। तत्काल कुनै परिवर्तन होला जस्तो मलाई लाग्दैन। राष्ट्रपति भनेको सबैको साझा हुनुपर्छ। यहाँ पार्टी पार्टीबाट आ–आफ्नो पक्षको नेता चुन्न खोजेको छ। यो संविधानसँग सहकार्य गरेको नै हो। स्थानीय निकायदेखि प्रदेश र संघसम्म हामी यो संविधानको सहकार्य गर्दै आएको हो। हामी धर्मलाई बराबर हकका लागि धर्मनिरपेक्ष बनाउने नै हो। राजासहितको लोकतन्त्र पुनस्थापना गर्ने, सङ्घीयता खारेज गर्ने यस्ता घटनाको निर्मूल पार्न सक्नुपर्छ।

यो चुनावले तपाईंहरुलाई बलियो बनाएको हो ?
जुन जनमतमा वृद्धि हुँदै गएको छ। अहिलेको एजेन्डा राम्रो रूपमा अगाडि बढेको छ। जनताले हामीलाई स्वीकार गरेका छन्।

१४ सिटबाट नै परिवर्तन खोजेको हो ?
यसमा हामी मिलेपछि जे हुन पनि हुन सक्छ। मेलमिलाप भनेको कहिल्यै नै औचित्यहीन हुँदैन।

के को लागि सहकार्य गर्ने हो ?
नेपाल र नेपालीको लागि देश र जनताको लागि एकता हुने हो। एकतर्फी मात्र कुराले काम बन्दैन। मान्छे परिवर्तन चाहन्छ। त्यसको सकारात्मक रूपमा पुरा गर्न सक्नुपर्छ। नेपाली जनता र देशको विकास गर्नको लागि सहकार्य गर्ने हो।

राप्रपाले राजसंस्था कसरी ल्याउन खोजेको छ पूर्व राजा ज्ञानेन्द्र शाह कसरी आउन खोजेका छन् ?
हरेक कुरा सहमतिमा हुनुपर्छ। नेपालमा सबैलाई आ–आफ्नो स्थान दिनुपर्छ। कस्तो किसिमको राजसंस्था राख्ने भनेर छलफल गर्न सकिन्छ। समय बलवान हुन्छ। यो समयको खेल हो हामीले भनेर मात्र हुँदैन।

दललाई एक किसिमको डर रहेछ पूर्व राजा प्रति किन ?
डर छ छैन त्यो उहाँहरूको कुरा हो। आफू गलत भएमा डराउनु पर्ने हुन्छ।

१४ सिट लिएर संविधान नै संशोधन गर्न सकिन्छ ?
यो लामो यात्राको विषय हुनसक्छ। तातै खाऔं जल्दी मरौँ कसैले पनि गर्नु हुँदैन।

नेपालको राजनीति अहिले कसरी अगाडि बढेको छ ? तीन धार तीन तिर हो ?
मूलत नेपालको राजनीतिमा हामीले एउटा धारको प्रतिनिधित्व गरेका छौँ। जसमा धर्म, संस्कृति, परम्पराको प्रतिनिधित्व समेटिएको छ। जुनसुकै धार भए पनि हामी स्थिरताको पक्षमा छौं। छिटोछिटो सरकार भंग हुँदा र चुनाव हुँदा देशको अर्थतन्त्रले धान्न सक्दैन। त्यसैले हामीले सरकारलाई साथ दिएका छौं।

सरकारलाई समर्थन नगरेको भए तपाईंहरू राष्ट्रपति चुनावमा भाग लिनु हुन्थ्यो ?
सायद हामी राष्ट्रपति चुनावमा सहभागी हुने थिएनौं। चुनावमा भोट दिन पाउनु अधिकार हो र भोट दिन्न भन्ने पनि जनताको अधिकारको कुरा हो। हामी केपी ओलीको भाइ पार्टी होइन। एक धारमा नेतृत्व गर्ने हाम्रो काम हो। परम्पराको शक्तिको नेतृत्व गछौँ। उहाँ एक देशको सिमाना भत्काउँदै अर्को देशको सिमाना मिलाउँदै जाने खालको मान्छे हो।

अहिले गठबन्धन जोगिने तथा भत्किने सम्भावना कस्तो छ ?
यो राष्ट्रपति चुनावले भत्किने भनेको जस्तो लाग्छ। यसमा हुनेवाला केही छैन। नेपालको राजनीति छिनछिनमा परिवर्तन भएको हुन्छ। त्यस कारण नेपालको राजनीतिको भर हुँदैन। आफूलाई जे सहज हुन्छ त्यही गर्दै जाने हो। बोल्ने कुरा एउटा काम गर्ने अर्कोतर्फ अनि कसरी हुन्छ। प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १ : १३ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको