सूचना र तथ्यांक सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन | Khabarhub Khabarhub

सूचना र तथ्यांक सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्यांक र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन  दिएकी छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन्। सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन्। 

उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनताको पक्षमा यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १२ : ५४ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले