डिआइजी सिंहको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

डिआइजी सिंहको राजीनामा स्वीकृत


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।

गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए।

जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

नेपाल प्रहरीले पनि उनको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उनले राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ८ : १० बजे

कास्की पहिरो अपटेड : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्की– कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर

राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

काठमाडौं-  तेस्रो पटक सत्ता यात्रा टुंगिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सरकार ढलेसँगै संसद्‍बाट बाहिरिए प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

काठमाडौं-  तेस्रो पटक १८ महिने सत्ता यात्रा टुंगिएपछि प्रधानमन्त्री पुष्पकमल

सुमन कोइराला ‘दले दाइ’ : नरम शैलीमा पेचिलो व्यङ्ग्य

काठमाडौं– सुमन कोइराला ‘कमेडी च्याम्पियन’बाट उदाएका हास्य कलाकार हुन् ।

कास्की पहिरो : कुलबहादुरलाई राति घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए

कास्की– कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राति