सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो : महामन्त्री थापा | Khabarhub Khabarhub

सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो : महामन्त्री थापा


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताएक छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्दै उनले सरकारले निरन्तर रुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताए ।

“सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा रहँदा बेठिक लागेका कुरालाई सरकारमा रहँदा ठीक ठान्ने प्रवृत्ति हुन्छ”, उनले भने, “यसका लागि सञ्चारमाध्यमले सधैँ प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ ।”

उनले अभिव्यक्ति स्वतन्त्रतालाई खुला राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने बताए । “समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो । यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ”, उनले भने ।

महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताए । “सामुदायिक रेडियोले राजस्व र नवीकरणका पक्षमा छुटका लागि सरकारसँग माग राख्ने, आवाज बुलन्द गर्ने काम गर्नुपर्ने र आफ्ना कुरा सरकारसँग भन्नुपर्छ”, उनले भने ।

महामन्त्री थापाले नकारात्मक धारणा आउँछ भन्ने आधारमा नागरिकका अधिकारलाई खुम्च्याइन नहुने, भुइँमान्छे, तन्नेरी, समाजका कुरा सामुदायिक रेडियोले बजाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको अवस्थामा सामुदायिक रेडियो चेपुवामा परेको बताए । उनले राज्य सामुदायिक रेडियोलाई प्राथमिकतामा नराख्दा आर्थिकलगायत विभिन्न कारणबााट सामुदायिक रेडियो चेपुवामा परेको धारणा राखे ।

“हाम्रा नीतिहरु बदलिनुपर्छ । हिजोकै नीतिबाट अहिले चल्न सक्दैन । सामुदायिक रेडियो चेपुवामा परेको छ । सङ्कटबाट मुक्त गर्न, बलियो बनाउन राज्यको भूमिका चाहिने अवस्था छ”, उनले भने ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोका रुपमा सगरमाथा रेडियो सञ्चालन भएको स्मरण गर्दै जनआन्दोलनलाई सफल बनाउन, विभेदको अन्त्य गर्न, जनतामा जागरण ल्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न पनि रेडियोको भूमिका महत्वपूर्ण भएको बताए ।

“सामुदायिक रेडियोलाई बचाइराख्नुपर्छ । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा संसदमा म रेडियोको पक्षमा रहनेछु”, उपाध्यक्ष पाण्डेले भने, “सामुदायिक रेडियोले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका सामग्री बजाउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने कुरा सामुदायिक रेडियोको प्राथमिकतामा पर्नुपर्छ ।”

जसपाका प्रवक्ता मनिष सुमनले रेडियो पहिलो सूचनाको संवाहक भएको बताउँदै देशलाई उठाउन सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको बताए । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारका धेरै सवाल सञ्चारमाध्यमबाट उजागर हुने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ५ : ४१ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज