सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो : महामन्त्री थापा « Khabarhub

सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो : महामन्त्री थापा


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताएक छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्दै उनले सरकारले निरन्तर रुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताए ।

“सञ्चारमाध्यम सधैंको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा रहँदा बेठिक लागेका कुरालाई सरकारमा रहँदा ठीक ठान्ने प्रवृत्ति हुन्छ”, उनले भने, “यसका लागि सञ्चारमाध्यमले सधैँ प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्छ ।”

उनले अभिव्यक्ति स्वतन्त्रतालाई खुला राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने बताए । “समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो । यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ”, उनले भने ।

महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताए । “सामुदायिक रेडियोले राजस्व र नवीकरणका पक्षमा छुटका लागि सरकारसँग माग राख्ने, आवाज बुलन्द गर्ने काम गर्नुपर्ने र आफ्ना कुरा सरकारसँग भन्नुपर्छ”, उनले भने ।

महामन्त्री थापाले नकारात्मक धारणा आउँछ भन्ने आधारमा नागरिकका अधिकारलाई खुम्च्याइन नहुने, भुइँमान्छे, तन्नेरी, समाजका कुरा सामुदायिक रेडियोले बजाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको अवस्थामा सामुदायिक रेडियो चेपुवामा परेको बताए । उनले राज्य सामुदायिक रेडियोलाई प्राथमिकतामा नराख्दा आर्थिकलगायत विभिन्न कारणबााट सामुदायिक रेडियो चेपुवामा परेको धारणा राखे ।

“हाम्रा नीतिहरु बदलिनुपर्छ । हिजोकै नीतिबाट अहिले चल्न सक्दैन । सामुदायिक रेडियो चेपुवामा परेको छ । सङ्कटबाट मुक्त गर्न, बलियो बनाउन राज्यको भूमिका चाहिने अवस्था छ”, उनले भने ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोका रुपमा सगरमाथा रेडियो सञ्चालन भएको स्मरण गर्दै जनआन्दोलनलाई सफल बनाउन, विभेदको अन्त्य गर्न, जनतामा जागरण ल्याउन, भ्रष्टाचार न्यूनीकरण गर्न पनि रेडियोको भूमिका महत्वपूर्ण भएको बताए ।

“सामुदायिक रेडियोलाई बचाइराख्नुपर्छ । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा संसदमा म रेडियोको पक्षमा रहनेछु”, उपाध्यक्ष पाण्डेले भने, “सामुदायिक रेडियोले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालका सामग्री बजाउनुपर्छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने कुरा सामुदायिक रेडियोको प्राथमिकतामा पर्नुपर्छ ।”

जसपाका प्रवक्ता मनिष सुमनले रेडियो पहिलो सूचनाको संवाहक भएको बताउँदै देशलाई उठाउन सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको बताए । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारका धेरै सवाल सञ्चारमाध्यमबाट उजागर हुने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ५ : ४१ बजे

विश्वकप फुटबल: न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को