सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की « Khabarhub

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन् ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक अन्तर्क्रियामा उनले भने, ‘सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहु वर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिए ।

नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उनले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राखे ।

उनले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राखे । मुख्यमन्त्री कार्कीले भने, ‘केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।’

गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राखे । समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले सङ्घीयता बलियो हुने विचार राखे ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ५ : ५८ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर