इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा « Khabarhub

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ ।

आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गर्न सफल भएको हो ।

खेलको २२औँ मिनेटमा आर्मी क्लबका दीपक गुरूङले गोल रोक्न खोज्दा अचानक आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत आत्मघाती गोल भएको हो । पहिलो हाफमा पाएको तीन अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई खेरा फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा विपक्षी क्लबबाट पाएको आत्माघाती उपहार गोल नै चर्च ब्याइजका लागि निर्णायक सावित बन्यो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज काठमाडौँका फ्याङ्कलिंक ताल्ला घोषित भए । उनले नगद रु १० हजारसहित ट्रफी हात पारे ।

गोल्डकपको उपाधिको लागि शनिबार चर्च ब्वाइज युनाइटेड र साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा मोरङबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले रु पाँच लाख तथा ट्रफीसहित मेडल प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १० : ३६ बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता