सेल्टालाई हराएपछि बार्सिलोनासँग रियलको अंक दुरी घट्यो  « Khabarhub

सेल्टालाई हराएपछि बार्सिलोनासँग रियलको अंक दुरी घट्यो 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल म्याड्रिडले स्पेनिल ला लिगको उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ ।

रियलले घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे । र, पहिलो हाफ १–० को स्थितिमा रहन पुग्यो ।

यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात् ४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २–० को स्थितिमा रहन पुग्यो । त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २–० मा टुंगियो ।

यस जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४७ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६