बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ « Khabarhub

बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा – पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा-विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो । म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले जानकारी दिए ।

“अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन”, उनले भने, “पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ ।” ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उनले बताए । करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ । समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पु¥याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । “बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुप¥यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपद्मा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ”, उनले भने, “त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध गर्‍यौँ तर सुनुवाइ नै भएन ।”

म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ । आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : १३ बजे

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो