जनमतका प्रतिनिधिलाई दुई वटा बुथमा जान नदिइएको सिके राउतको आरोप « Khabarhub

जनमतका प्रतिनिधिलाई दुई वटा बुथमा जान नदिइएको सिके राउतको आरोप


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बारा – जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।

‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिइएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’ राउतले सञ्चारकर्मीसँग भने, ‘मैले हिजो देखी नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।’

प्रहरी प्रशासनको मिलोमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै राउतले सबन्धित निकायको ध्यानाकर्षण गरेका पनि छन्।

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १० : २४ बजे

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत : आईएमएफ

कोलम्बो- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

धनगढी– धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको

रैथाने बाली जगेर्ना गर्न अभियान सञ्चालन

धनगढी– बझाङको विकट क्षेत्रमा रहेको मष्टा गाउँपालिकाले रैथाने बाली जगेर्ना

महिला आयोगद्वारा देशभर जनचेतना र अनुगमन

काठमाडौँ- राष्ट्रिय महिला आयोगले लैङ्गिक, घरेलु, महिला, मानसिक र आर्थिक

नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतले लियो १८ अभियुक्तको बयान 

काठमाडौँ– काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका