गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने  | Khabarhub Khabarhub

गोलबजार मेयर गोल्डकप : गुरुधाम र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने 


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार नगरपालिका–२ गुरुधामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाले गाइघाट फुटबल ब्लब उदयपुरलाई शून्यविरुद्ध एक गोलले पराजित गरेको हो । दोस्रो हाफको ६१औं मिनटमा मकवानपुर ११ आयुष लामाले गरेको गोल नै निर्णायक बन्यो ।

उद्घटान सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए । खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै उनले त्यसका लागि नगरपालिकाले पहलकदमी लिनुपर्नेमा जोड दिए।

मेयर गोल्डकपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनियोजन गरेको छ। गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ।

मेयर गोल्ड कपमा देशभरका १० वटा टिम सहभागी रहेका छन् । मेयर गोल्ड कपको फाइनल खेल १८ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : ०१ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।