विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

द्वन्द्वग्रस्त सुडानबाट अमेरिकी कूटनीतिज्ञको उद्धार

अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ । गत शनिबारदेखि युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो ।

अमेरिकी सेनाले सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएको राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले उद्धारमा अमेरिकी सेनालाई सघाएकामा जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारी र सैनिकको प्रशंसा पनि गरेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झण्डै एक सय जना कूटनीतक कर्मचारी तिनका परिवारजनलाई हेकिप्टर प्रयोग गरेर दूतावास भवनबाट बाहिर निकालेको थियो । तीनवटा चिनुक हेलिकप्टर अमेरिकी सेनाका अधिकारी जिबुटी, इथियोपिया हुँदै सुडान पुगेका थिए ।

अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द रहेको छ । अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने बताएको छ । उनीहरूलाई सुरक्षित रुपमा त्यहाँबाट निकाल्न पनि कठिन भएको जनाइएको छ ।

शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो । कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानाडका नागरिक छन् ।

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा चार सय जनाले ज्यान गुमाएका छन् । हिंसात्मक घटनामा अरु चार हजार जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

दोस्रो विश्वयुद्धकालीन जापानी जहाज ८० वर्षपछि फेला

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानीजहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

सन् १९४२ मा पपुवा न्युगिनीमा ८५० जना युद्धबन्दी र करिब २०० नागरिक बोकेको जापानी जहाज मोन्टेभिडियो मारुको भग्नावशेषमा जापानीले पपुवा न्युगिनीमा कब्जा गरेका थिए। जहाजमा को को थिए भन्ने थाहा नभएपछि जहाजलाई पानीमै डुबाइएको थियो ।

जहाजको भग्नावशेष यसै साताको शुरुमा फिलिपिन्सको दक्षिणी चीन सागरमा भेटिएको थियो । यो मिसन अष्ट्रेलियाको रक्षा मन्त्रालय, अष्ट्रेलियाको साइलेन्टवर्ल्ड फाउन्डेसनका समुद्री पुरातत्वविद् र डच गहिरो समुद्री सर्वेक्षण कम्पनी फुग्रोका विज्ञको संयुक्त प्रयासमा अघि बढाइएको थियो ।

त्यसपछि यसै महिनाको शुरुमा फिलिपिन्सको तटमा खोजी अभियान शुरु गरिएको थियो ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयको सहयोगमा समुद्री पुरातत्व र इतिहास तथा फुग्रोलाई समर्पित साइलेन्टवर्ल्ड फाउन्डेशनले सँगै राखेको मिसनमा भग्नावशेष पत्ता लगाइएको थियो ।

मोन्टेभिडियो मारुबाट कुनै वस्तु वा मानव अवशेष नहटाइने बताइएको छ । नयाँ खोजमा प्रतिक्रिया दिँदै अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले ट्वीटमा उल्लेख गरेका छन्– “८० वर्षभन्दा बढी समयदेखि, सयौँ अष्ट्रेलियाली परिवारले मोन्टेभिडियो मारुको समाचारको लागि पर्खिरहेका छन् । यो हप्ता एक असाधारण खोज प्रयासको लागि सम्बद्ध सबैलाई धन्यवाद, जहाजको अन्तिम विश्राम स्थान पत्ता लगाइएको छ ।”

खलिस्तानी नेता अमृतपालसिंह भारतबाटै पक्राउ

खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारबाट अमृतपाललाई गिरफ्तार गरेको हो ।

पञ्जाब प्रहरीले ट्विट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसमर्पण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइने छ । ‘अमृत पाल सिंह पन्जाबको मेगावाट गिरफ्तारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेको छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सीमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पन्जाबमा नै पक्राउ परेका हुन्।

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।

तथ्याङ्क अनुसार यो बर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ । यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको छ । सीडीसीको तथ्याङ्कअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन् ।

अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ ।

फ्लु रोगको उपचारमा प्रयोग गर्न सकिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि छन्, जसलाई जतिसक्दो चाँडो सुरु गर्न आवश्यक छ ।

१ लाख बाँदर चीन निर्यात गर्ने योजनाको विरोधमा श्रीलङ्कामा प्रदर्शन

श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले लोपोन्मुख टोक मकाक प्रजातिका एक लाख बाँदर निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना अघि सारेपछि पशु अधिकारकर्मीहरूले विरोध गरेका छन् । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार एक लाख टोक मकाक बाँदर चीन निर्यात गर्ने कृषिमन्त्रीको योजनाको विरोधमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले लोपोन्मुख वन्यजन्तुको सूचीमा राखेको गरिएको टोक मकाक श्रीलङ्कामा भने संरक्षित प्रजातिको सूचीमा पर्दैन । संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन् । प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दाबी छ ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा करिब ३० लाख टोक मकाक प्रजातिका बाँदर रहेका छन् । ती बाँदरले बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएको बताइएको छ ।

“यो देशमा बालीनालीमा क्षति पुर्‍याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने ।

“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ ।

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्‍याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका