अवैध सालको काठसहित दुई जना पक्राउ « Khabarhub

अवैध सालको काठसहित दुई जना पक्राउ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ वर्षीय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् ।

प्रहरीले अवैध काठ ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरूलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो । प्रहरी चौकी सोतीपसल र कुन्छाबाट खटिएको संयुक्त टोलीले ग १ त ५८४७ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा अवैध काठ ओसारपसार गरेको फेला पारेको हो ।

२ लाख ८० हजार रुपैयाँ बराबरको सालको चिरान काठ ५३ क्यूफिट फेलापारी बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ परेको अवैध काठसहित दुवै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ४४ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको