अवैध सालको काठसहित दुई जना पक्राउ « Khabarhub

अवैध सालको काठसहित दुई जना पक्राउ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ वर्षीय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् ।

प्रहरीले अवैध काठ ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरूलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो । प्रहरी चौकी सोतीपसल र कुन्छाबाट खटिएको संयुक्त टोलीले ग १ त ५८४७ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा अवैध काठ ओसारपसार गरेको फेला पारेको हो ।

२ लाख ८० हजार रुपैयाँ बराबरको सालको चिरान काठ ५३ क्यूफिट फेलापारी बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ परेको अवैध काठसहित दुवै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ४४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको