सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको मृत्यु « Khabarhub

सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार निधन भएको हो । उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ४४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।