काठमाडौँ – नेपाल उड्डयन प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको व्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ।
स्मार्ट टेलिकमको सम्पूर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत वैशाख २१ गते अघिको व्यक्तिगत लेनदेनको जिम्मेवारी आफूले नलिने र सो जिम्मेवारी टेलिकमको नै भएको पनि प्रस्टाएको छ।
‘स्मार्ट टेलिकम प्रालिलाई नेपाल दुर सञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडी (२०८० वैशाख २१ ) स्मार्ट टेलिकम प्रालिबाट संस्था वा सर्वसाधारण व्यक्तिलाई तिर्नु/बुझाउनु पर्ने बक्यौता निज प्रालिको दायित्व भएको हुँदा सम्पूर्ण दायित्व स्वयम स्मार्ट टेलिकम प्रालिले ब्यर्होनु पर्ने र यसमा नेपाल सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने भएको ब्यहोरा सर्वसाधारणका लागि यो ब्यहोरा जानकारी गराइन्छ’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।














प्रतिक्रिया