राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षको संयुक्त बैठक आज « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षको संयुक्त बैठक आज


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठक आज काठमाडौँमा बस्ने भएको छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, साङ्गठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ।

महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुनेसमेत जनाइएको छ।

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ। बैठकमा जनबर्गिय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक भोलिसम्म चल्नेछ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ८ : ३५ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको