मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ८ : ४२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द